मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २५ बिहीबार ०६:०३:००
Read Time : < 1 मिनेट
अर्थ

पुराना ग्राहकलाई डिसहोमको एक महिनासम्म निःशुल्क च्यानल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ बैशाख २५ बिहीबार ०६:०३:००

डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम)ले विगत ६ महिनादेखि विभिन्न कारणले रिचार्ज गर्न नसकी डिसहोमको सेवा नलिइरहेका ग्राहकका लागि १ महिनासम्म निःशुल्क रूपमा २ सय ८ वटै च्यानल उपलब्ध गराउने भएको छ । 
 
विश्वव्यापी रूपमा कोरोना भाइरसको महामारीका कारण देशभर लकडाउन गरिएका कारण अधिकांश मानिस घरमा बस्न बाध्य रहेको समयमा रिचार्जको सुविधा नपाएर रिचार्ज गर्न नपाएका ग्राहकहरूलाई मध्यनजर गरी यी कार्यक्रमहरू घोषणा गरेको बताइएको छ ।

यसअघि नै सिनेमाहल बन्द भएको अवस्थालाई मध्यनजर गर्दै डिसहोमले सिनेमाघरको सुविधा उपलब्ध गराएको थियो भने डिसहोमका १ सय ८ र ८ सय ८८ च्यानलमा नयाँ–नयाँ फिल्महरू पैसा तिरेर पनि हेर्ने व्यवस्था मिलाएको थियो ।