१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख २५ बिहीबार ०६:५१:००
Read Time : > 1 मिनेट
नयाँCity

कोरोनाबाट जोगिन फुड डेलिभरी एप्सको प्रयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ बैशाख २५ बिहीबार ०६:५१:००

 आरबी बुढाथोकी, सु–सेफ, सोल्टी क्राउन प्लाजा

कोरोना कहरका वेला सहरी क्षेत्रका बासिन्दाले फुड डेलिभरी एप्समार्फत खानेकुरा अर्डर गर्नु सुरक्षित छ । होटेल र रेस्टुराँमा गएर नियमित खाना खाने बानी बसेका ग्राहकका लागि नेपालमा पनि विभिन्न फुड डेलिभरी एप्स उपलब्ध छन् । तपाईंले पनि यस्ता एप्स डाउनलोड गर्न सक्नु हुनेछ र मेनु हेरेर आफूले चाहेका खानेकुरा घरमै बसीबसी मगाउन सक्नुहुन्छ ।

यो सुरक्षित हुनुका साथै सहज पनि छ । देशभरका केही होटेल र रेस्टुराँ पूर्ण रूपमा बन्द भए पनि केहीले भने सीमित कर्मचारी राखेर चलाइरहेका छन् । पकाएका खाना मात्र नभएर घरमा चाहिने अत्यावश्यक वस्तुको एप्स पनि प्रशस्तै भेट्न सकिन्छ । संघ, संस्था तथा पसलले तपाईंको घरमा सुरक्षित तरिकाले सामान डेलिभरी गरिदिन्छन् ।

सुरक्षाका दृष्टिले अहिले बाहिर भिडभाडमा जानु उचित मानिन्न । निश्चित समयका लागि मात्र स्थानीय पसल खुल्ने भएकाले त्यस्तो वेला अत्यधिक भिड हुने गर्छ । त्यसैले, यस्तो अवस्थाबाट जोगिन आफूलाई चाहिने सम्पूर्ण सामग्रीको सूची बनाएर एप्समार्फत अनलाइन अर्डर गर्नु बुद्धिमानी हुन्छ । अनलाइनबाट यस्ता सामान मगाउँदा आफु र परिवारको सुरक्षा हुन्छ । अहिले यो ट्रेन्ड विश्वभर चलेको छ ।

तपाईं बिरामी हुनुहुन्छ र औषधि लिन जान सक्ने अवस्था छैन भने पनि अनलाइनमार्फत अर्डर गर्न सक्नुहुन्छ । चिकित्सकको परामर्शअनुसारको औषधि वा मेडिसिन किड्स घरमै आइपुग्छ ।

अहिलेको विषम परिस्थितिलाई बुझेर आवश्यकताभन्दा धेरै सामान नमगाउनु बुद्धिमानी हुन्छ । खानेकुरा ज्यादा अर्डर गर्दै सञ्चय गरेर राख्नाले अरूलाई पनि समस्या पर्न सक्छ । आफुले अनलाइनबाट अर्डर गरेका खानेकुरा (पकाएको वा काँचो कुनै पनि) कत्तिको सुरक्षित आफ्नो घरमा आइपुगेको छ भन्ने पनि निगरानी गर्नु उचित हुन्छ । 

तपाईंको मोबाइलमा एप्स छैन भने पनि फोन गरेर आफूलाई चाहिएका सामान र खानेकुरा सहजै अर्डर गर्न सक्नुहुन्छ । लकडाउनको समयमा सहज नहुँदाको अवस्थामा पनि अनलाइन डेलिभरीकर्ता देशका मुख्य–मुख्य सहरमा सक्रिय छन् । तपाईं बिरामी हुनुहुन्छ र औषधि लिन जान सक्ने अवस्था छैन भने पनि अनलाइनमार्फत अर्डर गर्न सक्नुहुन्छ । चिकित्सकको परामर्शअनुसारको औषधि वा मेडिसिन किड्स घरमै डेलिभरी हुन्छ ।

(बुढाथोकी खाद्य प्रशिक्षक पनि हुन् ।)