Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ बैशाख २४ बुधबार १६:३७:००
Read Time : < 1 मिनेट
समाचार

लकडाउनका वेला जुम्लामा घरघरमै सामाजिक सुरक्षा भत्ता

Read Time : < 1 मिनेट
२०७७ बैशाख २४ बुधबार १६:३७:००

लकडाउनका वेला जुम्लाका स्थानीय तहले सामाजिक सुरक्षा भत्ता सेवाग्राहीको घरघरमा पुऱ्याउन थालेका छन् । 

यसअघि सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत वितरण गर्ने गरिएकोमा लकडाउनका कारण सर्वसाधारण वित्तीय संस्थासम्म पुग्न कठिन हुने भएकाले घरघरमै पुऱ्याउन थालिएको हो । 

जिल्लाको तिला गाउँपालिकाले लकडाउनको वेला घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाले स्थानीयका घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । 

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरेर सामाजिक दूरी कायम गर्दै स्थानीयको घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडाध्यक्ष परबहादुर रावतले बताए ।
 
गाउँपालिकाले दोस्रो चौमासिक सामाजिक सुरक्षाभत्ता निकासा गरेपछि प्रत्येक वडावासीको घरमा पुगेर वितरण गर्न वडाध्यक्ष र सचिवलाई परिचालन गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । 

हिमा गाउँपालिकाले पनि सात वडाभित्रका स्थानीयका घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताए । 

जिल्लाको तातोपानी गाउँपालिकाले १ देखि ६ वडाका स्थानीयको सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गरेको छ भने ७ र ८ वडाका स्थानीयको घरघरमै पुगेर वितरण गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।  

गुठीचौर गाउँपालिकाले दुई हजार एक सय ९६ जनालाई दोस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्न एक करोड २६ लाख ६ हजार आठ सय रकम निकासा भएको जनाएको छ । 

३–५ वडाभित्रका स्थानीयलाई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिकाको सामाजिक सुरक्षा शाखा प्रमुख गोपीचन्द्र प्याकुरेलले बताए ।

भौगोलिक रूपमा १ र २ वडा टाढा भएकाले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको उनको भनाइ छ । 

कनकासुन्दरी गाउँपालिकाले पनि दोस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता निकासा गरिसकेकाे छ ।