१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रामचन्द्र न्याैपाने
२०७५ माघ ११ शुक्रबार १८:२९:००
Read Time : < 1 मिनेट
समाचार

हिउँले अवरुद्ध जुफाल विमानस्थल खुल्यो 

Read Time : < 1 मिनेट
रामचन्द्र न्याैपाने
२०७५ माघ ११ शुक्रबार १८:२९:००

हिमपातका कारण अवरुद्ध डोल्पाको जुफाल विमानस्थल तीन दिनपछि खुलेको छ । लगातारको हिमपात र वर्षातले अवरुद्ध विमानस्थल घाम लागेर हिउँ पग्लेसँगै शुक्रबारदेखि खुलेको हो ।

विमानस्थल खुलेसँगै नेपालगञ्ज विमानस्थलदेखि तारा र समिट एयरलाइन्सले तीन वटा उडान गरेको छ । हिमपातले अवरुद्ध भएको विमानस्थल नखुलेकाले नेपालगञ्ज र सुर्खेतदेखि कुनै पनि हवाई उडान नभएपछि यात्रुलाई सास्ती भएको थियो ।

हवाई मैदानमा जमेको बाग्लो हिउँ बिहीबार साँझ पग्लेसँगै  अवरुद्ध भएको हवाई सेवा शुक्रबारबाट सुरु भएको नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख बालकुमार सिंहले जानकारी दिए । हवाई उडान भएपछि जिल्ला बाहिर आवत जावत गर्ने सर्वसाधारणलाई सहज हुनुका साथै  दैनिक उपभोग्य सामाग्री ढुवानी  सुरु भएको छ  ।