मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ बैशाख २४ बुधबार १३:२४:००
Read Time : < 1 मिनेट
अर्थ

आठ हजार लिटर अवैध मदिरा बरामद

Read Time : < 1 मिनेट
२०७७ बैशाख २४ बुधबार १३:२४:००

कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाबाट प्रहरीले ठूलो मात्रामा अवैध मदिरा नियन्त्रणमा लिएको छ । 

दुई स्थानीय तहका विभिन्न ठाउँबाट करिब आठ हजार लिटर मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

बोतलमा सिलप्याक गरिएको अवैध मदिरा नियन्त्रणमा लिएको उनले बताए । 

नियमित गस्तीका क्रममा बेवारिसे अवस्थामा उक्त मदिरा बरामद गरिएको प्रहरीको भनाइ छ ।

अवैध घरेलु मदिरा नष्ट गरिएको र विभिन्न कम्पनीको सिलप्याक गरिएको मदिरा करदाता सेवा कार्यालय लम्कीलाई बुझाइएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । 

लकडाउनको वेला बजारहरू बन्द रहे पनि लुकिछिपी मदिराको कारोबार हुने गरेको छ ।