१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ बैशाख २४ बुधबार १२:३४:००
Read Time : < 1 मिनेट
समाचार

गाई चोरी गरी काट्ने ६ जना पुर्पक्षका लागि कारागार चलान

Read Time : < 1 मिनेट
२०७७ बैशाख २४ बुधबार १२:३४:००

रसुवामा गाई चोरी गरी काटेको अभियोगमा पक्राउ परेका सातजनामध्ये ६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । 

कारागार चलान हुनेमा जिल्लाको उत्तरगया गाउँपालिका– ४ का २२ वर्षीय दिनेश थिङ, २० वर्षीय दीपेन्द्र थिङ, १९ वर्षीय विलास थिङ, ३५ वर्षीय बाटुली थिङ, सन्तबहादुर थिङ र रामहरि थिङ रहेका छन् । 

मंगलबार रसुवा अदालतका न्यायाधीश राजेन्द्र नेपालको इजलासले ६ जनालाई कारागार चलान गर्ने आदेश दिएको हो । 

६ जनामध्ये उत्तरगया– ४ कै ३५ वर्षीय बाटुली थिङ, सन्तबहादुर थिङ र रामहरि थिङलाई जनही ५० हजार धरौटी माग भएकोमा तिर्न नसकेपछि कारागार चलान गरिएको रसुवा अदालतका श्रेस्तेदार सदन अधिकारीले बताए । 

उत्तरगया– १ का अर्का प्रतिवादीको उमेर १५ वर्षभन्दा कम देखिएकाले उनलाई खोजिएको वेला उपस्थित हुने गरी अभिभावकको जिम्मामा छोडिएकोसमेत अधिकारीले जानकारी दिए । 

यही वैशाख ३ गते राति जिल्लाको कालिका गाउँपालिका– ३ बस्ने नन्दकुमारी ढकालको दुहुनो गाई चोरी भएको थियो । दुहुनो गाई चोरी भएको थाहा पाएपछि ढकालले ४ वैशाखमा प्रहरीमा निवेदन दिएकी थिइन् । 

पीडितले दिएको निवेदनको आधारमा प्रहरीले खोजी गर्दा गाई चोरी गरी एकान्त जंगलमा लगी काटेको पत्ता लागेको थियो ।

प्रहरीले गाईको मासुसहित पाँचजनालाई पक्राउ गरेको थियो । र, अन्य दुईजना फरार रहेकालाई पनि त्यसको केही दिनमा पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।