मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
श्रवण थापा सर्लाही
२०७७ बैशाख २४ बुधबार १०:२५:००
Read Time : < 1 मिनेट
समाचार

भैँसी चराउन गएका बालक मृत फेला

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ बैशाख २४ बुधबार १०:२५:००

सर्लाहीको चक्रघट्टामा एक बालक मृत अवस्थामा फेला परेका छन् । मंगलबार राति चक्रघट्टा गाउँपालिका– ६ गोइयाही बस्ने रामेश्वर साहको १२ वर्षीय छोरा सुरज साह मृत अवस्थामा फेला परेका हुन् । उनी गत  सोमबार भैँसी चराउन गएका  थिए । 

राति अबेरसम्म पनि घर नफर्केपछि परिवारले खोजी गर्ने क्रममा गाउँनजिकै रहेको इँट्टाभटाको खाल्डोमा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी मदन कुँवरले जानकारी दिए ।

मृत अवस्थामा फेला परेको बालकको शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । बालकको मृत्युको यकिन कारण नखुले पनि खाडलमा खेल्ने क्रममा पानीमा डुबेर ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।