मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ बैशाख २४ बुधबार १०:०९:००
Read Time : < 1 मिनेट
प्रदेश

किसानको ३० क्विन्टल बन्दा बारीमै कुहियो 

Read Time : < 1 मिनेट
२०७७ बैशाख २४ बुधबार १०:०९:००

लमजुङको मर्स्याङ्दी गाउँपालिकाका किसानले लगाएको ३० क्विन्टल बन्दा बिक्री नहुँदा बारीमै कुहिन थालेको छ । मर्स्याङ्दी गाउँपालिका– ९ पामचोक ढाड, बगुवा र घेर्मुका किसानले १५ रोपनी जग्गामा लगाएको बन्दा नबिक्दा समस्या भएको मर्स्याङ्दी गाउँपालिका– ९ ढाडका किसान दलबहादुर भण्डारीले बताए ।

उनले भने, ‘दुई रोपनी जग्गामा लगाएको बन्दा बिक्री नहुँदा बारीमा कुहिन थालेको छ ।’ दलबहादुरसँगै हर्कबहादुर भण्डारीले लगाएको डेढ रोपनी, जंगबहादुर, नारायण भण्डारी र मीनबहादुर कार्कीको बारीको बन्दा बिक्री नहुँदा बारीमै कुहिन थालेको अर्को किसान मीनबहादुरले बताए । उनले भने, ‘होटेलहरू बन्दा हुँदा बारीमै बन्दा कुहिन थाल्यो, बेच्न लैजाउँ बजारमा किन्ने मान्छे छैनन् ।’

 मर्स्याङ्दी बहुउद्देश्यीय कृषि सहकारीका अध्यक्ष वीरेन्द्रबहादुर भण्डारीले होटेल व्यवसाय सञ्चालन नहुँदा बन्दा बिक्री नभएको बताए । उनले भने, ‘किसानहरू सहकारीमा बिक्री गर्नका लागि आउनुहुन्छ, अहिले लकडाउनले मानिसहरू सहकारीमा किन्नका लागी आउँदैनन् । केही त सहकारीले ल्याएको छ सबै ल्याएर बिक्री हुँदैन । होटेलहरू बन्द हुँदा थप समस्या भएको हो ।’ मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले किसानले उत्पादन गरेको बन्दा बिक्री नभएको र कुहिन लागेकाले बन्दाको प्रतिकिलो १० रुपैयाँ अनुदान दिइने बताए ।