१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २४ बुधबार ०९:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

आन्तरिक मूल्यांकनका आधारमा एसइईको प्रमाणपत्र दिन प्याब्सनको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ बैशाख २४ बुधबार ०९:४२:००

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले कक्षा १० को आन्तरिक मूल्यांकनका आधारमा एसइईको प्रमाणपत्र दिन आग्रह गरेको छ । कोरोना भाइरस संक्रमण फैलिरहेकाले परीक्षा लिन सम्भव नभएको जनाउँदै ०७६ का विद्यार्थीका लागि आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिन आग्रह गरेको हो । 

मंगलबार प्याब्सनका अध्यक्ष टीकाराम पुरीले प्रेस विज्ञप्ति जारी गरी विद्यालयले आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणिकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न माग गरेका हुन् । 

उनले विज्ञप्तिमा भनेका छन्, ‘यस कार्यका लागि कानुनी बाधा अड्चन भए हटाई आन्तरिक मूल्यांकनका आधारमा प्रमाणिकरण गर्न आवश्यक निर्णय गर्नुहुन सरकारसमक्ष अनुरोध छ ।’

कोरोना भाइरस संक्रमणको डरले एसइई, कक्षा ११ र १२ को परीक्षा हुन सकेको छैन । यद्यपि शिक्षा मन्त्रालयले स्थगित भएका परीक्षा के गर्ने भन्ने विषयमा छलफल गरिरहेको छ । तर, कुनै टुंगाे लगाएकाे छैन ।