१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ बैशाख २३ मंगलबार १४:५३:००
Read Time : < 1 मिनेट
समाचार

विराटनगर भन्सारबाट नेपाल भित्र्याउँदै गरेको एक करोड भारतीय रुपैयाँ बरामद

Read Time : < 1 मिनेट
२०७७ बैशाख २३ मंगलबार १४:५३:००

विराटनगर भन्सारबाट सशस्त्र प्रहरीले मंगलबार एक करोडभन्दा बढी भारतीय रुपैयाँ बरामद गरेको छ।

नेपाल–भारत संयुक्त जाँच चौकी (आइसिपी) बाट खाली कन्टेनरमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा एक करोडभन्दा बढी भारतीय रुपैयाँ बरामद गरिएको भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारीले जानकारी दिए। 

‘खाली कन्टेनर जाँच गर्ने क्रममा बोरामा हालेर लुकाएर ल्याइएको भारतीय रुपैयाँ बरामद भएको हो,’ भण्डारीले भने, ‘बरामद रकम गणना गरेर मुचुल्का तयार गर्दै छौँ।’

बरामद रकम एक करोड २० लाखभन्दा बढी हुन सक्ने भन्सार स्रोतले जनाएको छ। बरामद रकम कसकाे हो खुलिसकेको छैन। खाली ट्रक जाँचपास गराएर भन्सारको संयुक्त जाँचचौकी परिसरबाट बाहिरिन लागेको वेला सशस्त्र प्रहरीले जाँच गर्दा रकम फेला परेको हो।

यसअघि लकडाउनले गर्दा भन्सारबाट खाली सवारीसाधन जाँच नगरी छाड्ने गरिएको थियो। तर, तीन–चार दिनदेखि सशस्त्रले गोप्य सूचनाको आधारमा खाली सवारीलाई समेत जाँच गर्न थालेको थियो।