मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख २३ मंगलबार ०८:४२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

नेपालगन्जमा थप सातजनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ बैशाख २३ मंगलबार ०८:४२:००

बाँकेकाे नेपालगन्जमा थप सातजना कोरोना संक्रमित भेटिएका छन् । याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । नयाँ सातैजना संक्रमित नेपालगन्ज उपमहानगरपालिका– ८ निवासी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार चारजना महिला र तीनजना पुरुषमा संक्रमणकाे पुष्टि भएको छ । मंगलबार भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरू सबैको स्वास्थ्य सामान्य छ ।

यसअघि बाँकेमा एकैदिन १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि नेपालगन्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।