१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७७ बैशाख २३ मंगलबार ०६:३३:००
Read Time : < 1 मिनेट
प्रदेश

कर्णाली प्रदेशका सिमाना पूर्ण रूपमा बन्द 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
२०७७ बैशाख २३ मंगलबार ०६:३३:००

कर्णाली प्रदेशमा प्रवेश हुने सबै सीमानाका बन्द गर्ने कर्णाली प्रदेश विपत् व्यवस्थापन परिषद्को बैठकले निर्णय गरेको छ । सोमबार बसेको बैठकले सात दिनसम्म प्रदेश प्रवेश हुने सबै सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमण नदेखिएको र अन्य प्रदेशमा कोरोना संक्रमण बढ्दै गएका कारण सीमानाका सात दिनसम्म बन्द गर्ने निर्णय गरेको हो । कर्णाली प्रदेशमा प्रवेश हुने सबै सीमानाका बन्द गरिएको कर्णालीमा दैनिक उपभोग्य वस्तुसमेत सात दिनसम्म आयातमा रोक लगाइएको कर्णाली प्रदेशका प्रमुख सचिव टेकनारायण पाण्डेले जानकारी दिए । 

कर्णाली प्रदेश विपत् व्यवस्थापन परिषद् बैठकले प्रदेशका २५ स्थानमा थप विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मी टिम खटाउने निर्णयसमेत गरेको छ । कर्णाली जोड्ने सुदूरपश्चिम प्रदेश, प्रदेश नं. ५ र चिनियाँ नाका पूर्ण रूपमा सिल गर्ने निर्णय गरेको छ ।