मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २२ सोमबार १२:०६:००
Read Time : < 1 मिनेट
समाचार

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा, बुधबारपछि मौसम सुधार हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २२ सोमबार १२:०६:००

मौसम बदली हुँदा सोमबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ ।

पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभागनजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ । अहिले देशभरि नै मौसम बदली भएको छ ।

महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । यस वर्ष वैशाख लागेदेखि नै मौसममा बदली आइरहेको र प्रिमनसुन सुरु भएकाले वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाले अबको तीन दिनसम्म सामान्यदेखि पूर्ण बदली हुने र मेघगर्जनसहित वर्षा हुने बताएको छ । सोमबार दिनभर काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली हुनेछ भने केही स्थानमा मेघगर्जनसहित चट्याङ पर्ने र असिना र हावाहुरीसहित वर्षा हुनेछ ।

यस्तै मंगलबार पनि पश्चिमी भूभागका धेरै स्थान र मध्य तथा पूर्वका केही स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै २४ गते बुधबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी क्षेत्र, पूर्वी र मध्यतराईका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको अनुमान पनि महाशाखाले गरेको छ ।