Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ बैशाख २२ सोमबार १२:०७:००
Read Time : < 1 मिनेट
समाचार

म्याद गुज्रेको १४ क्विन्टल मैदा बरामद, व्यापारी पक्राउ

Read Time : < 1 मिनेट
२०७७ बैशाख २२ सोमबार १२:०७:००

बजार अनुगमनको क्रममा सिराहाको लहानबाट १४ क्विन्टल म्याद गुज्रेको मैदा बरामद भएको छ। 

स्थानीय प्रशासन, घरेलु तथा साना उद्योग कार्यालय र प्रहरीसहितको टोलीले लहानबाट १४ क्विन्टल म्याद गुज्रेको मैदासहित व्यापारी पवन मुन्धडालाई पक्राउ गरेको हो। 

इलाका प्रशासन कार्यालयका प्रमुख कमल राज भण्डारी नेतृत्वको टोलीले गोदाममा अनुगमन गर्दा म्याद गुज्रेको मैदा फेलापरेको थियो। लगत्तै व्यापारी मुन्धडालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए। 

उनको गोदामबाट विमल खाद्य उद्योगको बोरामा प्याक गरिएको ५० किलो तौलका २८ बोरा  मैदा बरामद भएको छ। ‘व्यापारीलाई सोधपुछ गर्दै छौँ, घरेलुले म्याद गुज्रेको मैदाको बरामदी मुचुल्का बनाएर लगेको छ,’ क्षेत्रीले भने।