१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख २२ सोमबार १०:०७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

२६ वैशाखपछि लकडाउनकाे मोडालिटी परिवर्तन अन्योलमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ बैशाख २२ सोमबार १०:०७:००

२६ वैशाखदेखि कोरोना संक्रमण नदेखिएका क्षेत्रमा लकडाउन खुकुलो बनाउन सक्ने रिपोर्ट कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले रिपोर्ट बनाएको छ । ग्रिन, यल्लो र रेड जोन छुट्याएर ग्रिन जोनमा सार्वजनिक यातायातसमेत सञ्चालन गर्न सकिने सिफारिस गरिएको छ । यद्यपि सिसिएमसीकै केही सदस्यले तत्काल खुकुलो बनाउन नहुने तर्कसमेत राखेका छन् ।

केही कार्यालय खोल्न सकिने तथा जोर–बिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्न सकिने प्रस्ताव अघि बढाइएको छ । लकडाउन लामो समय जान सक्ने भएकाले पूर्ण रूपमा स्वास्थ्य सुरक्षा अपनाएर केही क्षेत्रमा खुकुलो बनाउन सकिने सिसिएमसीको रिपोर्ट छ ।

तर, नेपालमा परीक्षण नै कम भएको र नयाँ संक्रमण बढ्दै गएकाले लकडाउन खुकुलो बनाउनु जोखिमपूर्ण हुने जनस्वास्थ्य विज्ञहरूले बताएका छन् । यसबारे निर्णय गर्न मंगलबार मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । लकडाउनको मोडालिटी परिवर्तनबारेको रिपोर्ट सोही बैठकमा पेस हुनेछ ।