मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख २२ सोमबार ०८:५२:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यस्ता छन् किचन गार्डेनका फाइदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख २२ सोमबार ०८:५२:००

स्वच्छ खानेकुरा मानवजीवनको आधारभूत आवश्यकता रहेको विज्ञहरूले बताउँदै आएका छन् । कोभिड–१९ को महामारीले स्वच्छ खानपानमा मानिसको रुचि अझ बढाइदिएको छ । कोरोना भाइरसको संक्रमण फैलिनु अघिसमम दिगो खानाको सुविधा र पोषणको विषय अध्ययन र सचेतनामै सीमित थिए । कोरोना कहरसँगै यो जनमानससम्मै स्थापित भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यही अवस्थामा लकडाउन चलिरहे खाद्यान्न संकट निम्तन सक्ने जोखिम औंल्याइसकेको छ । खाद्यान्नको जोहो र सही वितरण प्रणाली अपनाउन डब्लुएचओले खाद्य संस्थाहरूलाई निर्देशनसमेत दिइसकेको छ ।

  • विज्ञहरूले किचन गार्डेनलाई खाद्य संकटबाट बच्ने एउटा उपाय मानेका छन् । किचन गार्डेन भएका घरमा खाद्यान्न समस्या नहुने उनीहरूको भनाइ छ । कोरोना कहरमा धेरैलाई किचन गार्डेनिङका लागि प्रेरित गर्न सक्ने सम्भावना छ ।
  • किचन गार्डेनिङबाट परिवारका लागि आवश्यक सागसब्जी उत्पादन हुन्छ । र, विषादीमुक्त र अर्गानिक सागसब्जी खान पाइन्छ ।
  • सहरी क्षेत्रका बालबालिकालाई सागसब्जी कहाँबाट कसरी उत्पादन हुन्छ भन्ने ज्ञान पनि हुन्छ । यसले उनीहरूमा व्यावहारिक ज्ञानको दायरा बढ्छ ।
  • ‘किचेन गार्डेनिङ’मार्फत घरबाट निस्कने फोहोरलाई मलमा परिणत गर्न सकिन्छ । यसले जल तथा जमिन प्रदूषणलाई घटाउन मद्दत गर्छ । यसबाट पर्यावरणलाई पनि फाइदा पुग्छ ।