मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७७ बैशाख २१ आइतबार २०:१३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

नेपालमा एकैदिन १६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौँ
२०७७ बैशाख २१ आइतबार २०:१३:००


नेपालमा आइतबार एकैदिन १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्जका १५ र पर्साका एकजनामा एकैदिन कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा भएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्ज- ८ का १६, २१ र ३४ वर्षका पुरुष तथा ४०, ५५ र ६० वर्षका महिलामा कोरोना संक्रमण पुष्टि भएको उनले विज्ञप्ति निकालेर जानकारी दिएका छन् । उनीहरूको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेको अधिकारीले बताएका छन् । 
 
यसअघि आइतबार नै नेपालगन्जमा पाँच पुरुष र चार महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । पर्सामा ३६ वर्षीय एक पुरुषमा पनि आइतबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । 

नेपालगन्जमा कोरोना संक्रमण देखिएकामा सात वर्षीय बालकसमेत रहेका छन् । यसअघि त्यहीँका एकजनामा संक्रमण देखिएको थियो ।

कोरोना संक्रमित ७५ जनामध्ये १६ जना उपचारपछि निको भइसकेका छन् ।