मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७७ बैशाख २१ आइतबार १४:४६:००
Read Time : < 1 मिनेट
विश्व

भेनेजुएलाकाे जेलमा दंगा, ४६ को मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ बैशाख २१ आइतबार १४:४६:००

भेनेजुएलाको एक जेलमा हिंसा भड्किँदा ४६ जनाको ज्यान गएको छ । भेनेजुएलाको पश्चिमी सहर गुआनारेनजिक लोसलानोज जेलका कैदी खानेकुरा र पानीको अभाव भएपछि आक्रोशित भएका थिए ।

यही आक्रोशमा उनीहरूले जेल तोड्न खोजेपछि हिंसा भएको सरकारी अधिकारीको भनाइ छ । तर, यो दंगाको अनुसन्धानका लागि आदेश दिइएको छ । 

यस हिंसामा जेलका कर्मचारीसमेत घाइते भएको छन् । भेनेजुएलाका जेलमन्त्री इरिस वरेलाले जेल तोडिएको विषयमा बोले पनि कति मानिसको मृत्यु भनेर खुलाएका छैनन् । 

दक्षिण अमेरिकाको क्षमताभन्दा धेरै कैदी रहेका जेलमा हिंसा लगातार बढिरहेको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशमा प्रतिबन्ध पनि लगाएको अवस्था छ । लकडाउनका कारण परिवारबाट आउने खानापानी कैदीहरूले पाएका छैनन्, त्यही खानामा नै उनीहरू निर्भर रहन्छन् । 

जेलको अनुगमन गर्ने द अब्जर्भेटरी संस्थाका अनुसार त्यहाँ ४६ जनाको ज्यान गएको छ र घाइतेको स्थानीय अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।