१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस काठमाडौं
२०७७ बैशाख २१ आइतबार १४:४३:००
Read Time : < 1 मिनेट
समाचार

मौसममा सुधार आउन अझै दुई साता लाग्ने

Read Time : < 1 मिनेट
रासस काठमाडौं
२०७७ बैशाख २१ आइतबार १४:४३:००

पछिल्लो केही दिनयता मौसममा भइरहेको परिवर्तनमा सुधार आउन अझै दुई साता लाग्ने मौसमविद्ले बताएका छन् । 

मौसम पूर्वानुमान महाशाखका अनुसार पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभागनजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभावले केही दिनयता बदलीसँगै वर्षा भइरहेको हो । साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको जनाइएको छ ।

प्रिमनसुन सक्रिय रहनुका साथै बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा निरन्तर आइरहेकाले वर्षा भएको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । 'अहिले यो अवस्थालाई हेर्दा मौसममा सुधार आउन अझै दुई साता लाग्नेछ,' उनले भने ।
 
प्रिमनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्दछ । अहिले प्रिमनसुनको साथै अन्य प्रणालीको प्रभाव रहेकाले मुलुकका अधिकांश स्थानमा बिहानैदेखि बदलीसहित वर्षा भएको हो ।  हाल मुलुकको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।
     
दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । रातको समयमा देशैभर सामान्य बदली रही मेघगर्जन हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । सोमबार देशको पूर्वी तथा मध्य भूभागका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।