१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २१ आइतबार ०९:३४:००
Read Time : < 1 मिनेट
अर्थ

सनराइज बैंकका ग्राहकलाई मेरो किरानामा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २१ आइतबार ०९:३४:००

सनराइज बैंकले आफ्ना ग्राहकलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट उपलब्ध गराउने व्यवस्था गरेको छ । ग्राहकको सेवा र सुविधालाई मध्यनजर गर्दै बैंकले मेरो किरानासँग सहकार्य गरी छुट सुविधा दिने भएको हो ।

हालको लकडाउनको अवस्थामा मेरो किरानामार्फत खरिद गरिएको सामानको भुक्तानी सनराइज बैंकको क्युआर कोड प्रयोग गरेर गर्दा प्रत्येक ग्राहकले १० प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यास ब्याक पाउनेछन् । 

वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सम्झौताहरू गरिएको बैंकले जनाएको छ । घरमा नै सुरक्षित बसी डिजिटल बैंकिङ सुविधाको उपभोग गर्न बैंकले ग्राहकलाई आग्रहसमेत गरेको छ । साथै, बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटिएम नेटवर्क, अनलाइन बैंकिङ सेवाका साथै केही नगद काउन्टर, रेमिट्यान्स सेवासमेत सुचारु राख्दै आएको जनाएको छ ।