मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फोटोः प्रधानमन्त्रीको सचिवालय
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २० शनिबार १९:०१:००
Read Time : < 1 मिनेट
राजनीति

एकताको सन्देश दिन समानान्तर आसनमा ओली–प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २० शनिबार १९:०१:००

नेकपा केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल समानान्तर आसनमा बसेर एकताको सन्देश दिन खोजिएको छ । यसअघि सचिवालय सदस्यहरूको लहरमा बस्दै आएका अध्यक्ष प्रचण्डलाई ओलीसँगै रहने गरी कुर्चीको व्यवस्था गरिएको छ । 

नेकपाभित्र प्रधानमन्त्री ओलीकै विकल्प खोज्नेसम्मको विवाद चर्किएका वेला एकताको सन्देश दिनेगरी आसनको व्यवस्थापन गरिएको अर्थमा हेरिएको छ । 

४ मंसिरमा कार्यकारीको जिम्मेवारी पाएपछि अध्यक्ष प्रचण्डलाई गत १३ पुसको सचिवालय बैठकमा पहिलोपटक ओलीसँगैको समान आसनमा राखिएको थियो । तर, त्यसपछि भने प्रचण्ड सचिवालय सदस्यहरूसँगैको लहरमा रहँदै आएका थिए । 

बैठक ओली र प्रचण्डको संयुक्त अध्यक्षतामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।