मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख २० शनिबार १८:४३:००
Read Time : < 1 मिनेट
समाचार

नर्सहरूको सुविधा र स्वास्थ्य सुरक्षामा ध्यान दिन नेपाल नर्सिङ संघको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख २० शनिबार १८:४३:००

संकटको वेला जिम्मेवारीमा रहेका नर्सहरूको सुविधा र स्वास्थ्य सुरक्षामा ध्यान दिन नेपाल नर्सिङ संघले सरकारलाई आग्रह गरेको छ । 

विश्वव्यापी कोरोना महामारी फैलिएको समयमा निरन्तर जिम्मेवारीमा रहेका नर्सहरूको स्वास्थ्य–सुरक्षा र सेवा–सुविधामा ध्यान दिन संघले आग्रह गरेको हो । संघकी अध्यक्ष मनकुमारी राईले अहिलेको अवस्थामा नर्सहरूले घर र अस्पतालको जिम्मेवारीलाई सँगसँगै अगाडि बढाउनुपर्ने अवस्थामा बढी जोखिम रहेकाले स्वास्थ्य–सुरक्षातर्फ ध्यान दिन आग्रह गरिन् । 

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा अध्यक्ष राईले फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको मनोबल उच्च हुने काम गर्न पनि आग्रह गरिन् । अहिलेको अवस्थामा नर्सलगायत चिकित्सक अन्य स्वास्थ्यकर्मीहरू मिलेर काम गर्ने अवसर मिलेको र यही अवसरमा एक–अर्काका समस्या साटासाट गर्ने र एक–अर्काको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा सिकाएको उनले बताइन् ।

अहिलेको परिस्थितिले आगामी नर्सिङ शिक्षा कस्तो हुनुपर्छ भन्ने पाठ सिकाएको पनि उनको भनाइ छ । अब गुणस्तरीय रूपमा प्रयोगात्मक शिक्षाका माध्यमबाट नर्सहरू उत्पादन हुनुपर्नेमा उनले जोड दिइन् । नर्सहरूका समस्या धेरै भए पनि अहिले महामारीविरुद्ध लड्नुपर्ने प्रमुख कार्य भएकाले संक्रमण देखिएका क्षेत्रका नर्सहरूलाई संयमित भएर जिम्मेवारी निर्वाह गर्न पनि उनले आग्रह गरिन् ।