मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ बैशाख २० शनिबार १८:३३:००
Read Time : < 1 मिनेट
अर्थ

लकडाउनमा बन्द रहेको ढल्केबर-जटही सिक्सलाइन सडक निर्माण सुरु 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ बैशाख २० शनिबार १८:३३:००

लकडाउनका कारण बन्द गरिएको ढल्केबर–जनकपुर–जटही व्यापारिक मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । 

तोकिएको समयमा योजना सम्पन्न गर्न निर्माण कार्य पुनः सञ्चालन गरिएको ढल्केबर–जनकपुर–जटही व्यापारिक मार्ग योजनाका प्रमुख सन्तोष कर्णले जानकारी दिए । ढल्केबर– जनकपुर २५ र जनकपुर–जटही १५ गरी ४० किलोमिटर लामो ६ लेन सडकको अहिले  बेस र ग्राभेलिङको  कार्य भइरहेको छ ।

योजना प्रमुख कर्णका अनुसार उक्त मार्गको निर्माण कार्य सम्पन्न गर्न अगामी पुस मसान्त तोकिएको छ । काम सुरु गरिए पनि लकडाउनका कारण मजदुरको अभाव रहेको उनले बताए । 

‘मजदुरको अभावमा अहिले मेसिनले हुने काममा बढी जोड दिइरहेका छौँ,’ प्रमुख कर्णले भने, ‘सामाजिक दूरीको पालना गर्दै मजदुरलाई काममा लगाउने प्रयास पनि गरिरहेका छौँ, त्यसका लागि ठेकेदारहरूसँग समेत कुरा भइरहेको छ ।’  

जनकपुर–जटही सडकखण्डका सबै कार्य करिब सम्पन्न भइसकेको प्रमुख कर्णले बताए । उनका अनुसार जनकपुर–ढल्केबर सडकखण्डमा आठ किलोमिटर मात्रै ग्राभेल गर्न बाँकी छ । त्यो पनि तोकिएको समयमा नै पूरा गर्ने योजना रहेको उनले बताए ।