मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७७ बैशाख २० शनिबार १६:०५:००
Read Time : > 1 मिनेट
समाचार

रुकुम पश्चिममा साढे पाँच सयजना क्वारेन्टाइनमा 

Read Time : > 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७७ बैशाख २० शनिबार १६:०५:००

रुकुम पश्चिममा लकडाउनका वेला उद्धार गरिएका साढे पाँच सयजनालाई क्वारेन्टाइनमा राखिएको छ । मजदुरी, पठनपाठन तथा अन्य कामले राजधानी काठमाडौंलगायत देशका विभिन्न ठाउँमा गएका व्यक्तिलाई जिल्लाका ६ वटै स्थानीय तहले उद्धार गरी जिल्ला पुऱ्याएका छन् । तीमध्येमा हाल जिल्लाभर पाँच सय ४१ जना क्वारेन्टाइनमा रहेका छन् । 

सानीभेरी, बाँफीकोट र त्रिवेणी गाउँपालिकाले जिल्लाबाहिरबाट उद्धार गरी ल्याइएका सबैलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राखेका छन् । सानीभेरीले दुई सय १० जना पुरुष र १० जना महिला गरी दुई सय २०, बाँफीकोटले एक सय ५० पुरुष र ६६ जना महिला गरी दुई सय १६ र त्रिवेणी गाउँपालिकाले एक सय १७ जनालाई क्वारेन्टाइनमा राखेका छन् । 

यी स्थानीय तहले आफ्ना नागरिकको उद्धारका लागि देशका विभिन्न ठाउँमा गाडी पठाएका थिए । उद्धार गरिएकाहरूलाई अनिवार्य दुई सातासम्म क्वारेन्टाइनमा राख्ने निर्णयअनुसार सानीभेरीले २१ वटा, बाँफीकोटले ११ वटा र त्रिवेणीले तीनवटा क्वारेन्टाइनमा राखिरहेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि जिल्लाबाहिरबाट उद्धार गरिएका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको बाँफीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङले जानकारी दिए । जिल्लाबाहिरबाट आएका कोही–कसैमा कोरोनाको संक्रमण भएको भए समुदायमा संक्रमण फैलिन सक्नेतर्फ गाउँपालिका सतर्क रहेको उनको भनाइ छ । 

आफ्नै लगानीमा जिल्लाबाहिर रहेकाहरूलाई उद्धार गरिएको र गाउँपालिका आफैँले उनीहरूलाई क्वारेन्टाइनमा राखेर व्यवस्थापन गरिरहेको सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपालसिंह विष्टले बताए । जिल्ला प्रवेशको नाकाका रूपमा रहेको त्रिवेणी गाउँपालिकाले पनि उद्धार गरिएका सबैलाई दुई सातासम्म क्वारेन्टाइनमा राख्ने निर्णय गरेको र सोहीअनुसार गरिरहेको प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रावलले बताए । 

तीन नगरपालिकाले भने त्यत्तिकै छाडे 
जिल्लाबाहिर रहेका आफ्ना नागरिकलाई उद्धार गरी जिल्ला ल्याएका तीन नगरपालिकाले भने क्वारेन्टाइनमा नराखी घर पठाएका छन् । चौरजहारी नगरपालिका र आठबिसकोट नगरपालिकाले करिब चार सय र मुसिकोट नगरपालिकाले झन्डै दुई सयजनालाई उद्धार गरेर जिल्ला पुऱ्याएका थिए । तर, ती सबै व्यक्ति क्वारेन्टाइनमा नबसी विना कुनै चेकजाँच घर फर्किएका हुन् । होम क्वारेन्टाइनमा बस्ने सर्तमा उनीहरूलाई घर पठाइएको तीनवटै नगरपालिकाको भनाइ छ । तर, होम क्वारेन्टाइनमा बस्ने सर्तमा घर पठाइएकाहरू निर्वाध रूपमा गाउँघरमा घुम्ने गरेका छन् । यसले गाउँमा जोखिम बढेको नागरिकहरूको गुनासो छ ।