मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १९ शुक्रबार १८:१७:००
Read Time : < 1 मिनेट
राजनीति

प्रचण्ड र नेपालबीच छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १९ शुक्रबार १८:१७:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच शुक्रबार छलफल भइरहेको छ ।

सचिवालय बैठकको पूर्वसन्ध्यामा अध्यक्ष प्रचण्ड नेपालसँग छलफल गर्न कोटेश्वर पुगेका छन् । नेता नेपालका सहयोगी मोहन गौतमले भोलि बस्ने सचिवालय बैठकमा प्रस्तुत हुने विषयवस्तुबारे छलफल गर्न नेताहरूबीच भेटघाट भएको बताए ।  

बुधबार बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएको आन्तरिक विवादका विषयमा गृहकार्य गरी शनिबारका लागि बैठक बोलाउने निर्णय गरेको थियो ।