१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ बैशाख १९ शुक्रबार १७:३४:००
Read Time : < 1 मिनेट
समाचार

जोखिम कम गर्न  बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा टेलिमेडिसिन कार्यक्रम सुरु 

Read Time : < 1 मिनेट
२०७७ बैशाख १९ शुक्रबार १७:३४:००

धरानस्थित  बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानले लकडाउनलाई मध्यनजर गरेर अस्पताल आउन नसक्ने बिरामीका लागि इन्टरनेटको माध्यमबाट स्वास्थ्य उपचार सेवा प्रदान गर्ने भएको छ ।  दुर्गमका लागि निकै प्रभावकारी मानिएको टेलिमेडिसिन कार्यक्रमलाई प्रतिष्ठानले प्रयोगमा ल्याएको हो । कोभिड–१९ (कोरोना भाइरस) को जोखिमयुक्त समयमा बिरामीले घरमा बसेर चिकित्सकहरूसँग प्रत्यक्ष संवाद गरी स्वास्थ्य सेवा, परामर्श लिने गरी टेलिमेडिसिन सेवा सुरु गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले जानकारी दिएका छन् । 

यसअघि प्रतिष्ठानले ओपिडी सेवा बन्द गर्दा दैनिक तीन हजार बिरामी उपचारबाट वञ्चित थिए । दूर स्वास्थ्य उपचार सेवाले अब समस्यामा परेका बिमारीलाई राहत हुने डा. ऐरले जनाए ।  ‘प्रतिष्ठानको वेबसाइट http://telemedicine.bpkihs.edu मा बिरामीले आफ्नो व्यक्तिगत विवरण भरेपछि बिरामीले आफूलाई सहज हुने किसिमको सञ्चार सेवा टेलिफोन, स्काइप, भाइबर, ह्वाट्सएपका माध्यमबाट  बिरामीले भरेको फारमका आधारमा सम्बन्धित बिषयका चिकित्सकलाई रेफर गरी  सेवा उपलब्ध गराइनेछ,’ डा. ऐरले भने । 

बिरामीले भरेको विवरणअनुसार तत्कालै प्रतिष्ठानको टेलिमेडिसिन सेन्टरबाट चिकित्सकले आफैँ बिरामीलाई सम्पर्क गरि सेवा दिने व्यवस्था मिलाइएको छ । टेलिमेडिसिन सेवा चिकित्सक र बिरामीबीचमा भिडियो, अडियो संवाद गर्न सकिने प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले जानकारी दिए । 

इ–लर्निङ र टेलिमेडिसिन प्रोग्रामलाई प्राडा नरेन्द्र भट्टले संयोजन गरिरहेका छन् । त्यस्तै डा. परमेन्द्रप्रसाद गुप्ता मेडिकल संयोजक र प्राविधिक समन्वय इन्जिनियर राकेशकुमार दास र अनिष भट्टराई रहेका छन् ।

अस्पतालमा कोरोना संक्रमणको जोखिम उच्च हुने भएकाले अस्पताल नआई नहुने बिरामीबाहेकका लागि यो सेवा प्रभावकारी हुने प्रतिष्ठानले जनाएको छ ।