१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ बैशाख १९ शुक्रबार ११:०७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

रोजीरोटीका लागि संघर्ष [फोटोफिचर]

Read Time : < 1 मिनेट
२०७७ बैशाख १९ शुक्रबार ११:०७:००

यतिवेला विश्वभर कोरोनाको महामारीले सबै क्षेत्र प्रभावित छन् । त्यसमा पनि श्रम गरेर दैनिकी चलाउने वर्ग सबभन्दा मारमा परेको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले कोरोना भाइरसको महामारीले विश्वका झन्डै ५० प्रतिशत कामदारको रोजीरोटी खोसेको नयाँ तथ्य सार्वजनिक गरेको छ ।

महामारीका कारण अधिकांश मुलुक पूर्ण एवं आंशिक लकडाउनमा भएकाले विश्वभर दुई अर्ब ७० करोड मजदुर प्रभावित बनेका छन् । आइएलओका अनुसार विश्वभरका तीन अर्ब ३० करोड जनशक्तिमध्ये दुई अर्ब मजदुर अनौपचारिक क्षेत्रमा काम गर्छन् । उनीहरूमध्ये एक अर्ब ६० करोडको जीविका कोरोनाले खोसेर भोकभोकै बस्नुपर्ने अवस्थामा पुर्‍याएको छ । 

अनौपचारिक क्षेत्रका कामदारसँग वैकल्पिक आय गर्ने अन्य माध्यम नहुने भएकाले ती कामदार र तिनमा आश्रित परिवारको बाँच्ने आधारसमेत गुमेको छ । नेपालको श्रम क्षेत्र पनि यो विश्वव्यापी समस्याबाट अछुतो छैन । यसकै सेरोफेरोमा रहेर नयाँ पत्रिकाकर्मी दीपेन्द्र ढुंगानाले कोरोनाको महामारीबीच श्रमिकहरूको दैनिकी दृश्यमा कैद गरेका छन् ।