मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ बैशाख १८ बिहीबार २१:४४:००
Read Time : < 1 मिनेट
समाचार

लकडाउनमा चम्काइँदै भरतपुरका सडक

Read Time : < 1 मिनेट
२०७७ बैशाख १८ बिहीबार २१:४४:००

लकडाउनको सदुपयोग गर्दै चितवनको भरतपुरका सडकहरूमा सामाजिक दूरी कायम गरेर  सडकचिह्न लगाउने, जेब्राक्रस बनाउने काम भइरहेको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले ‘लकडाउन’का कारण सबै विकास निर्माण ठप्प हुँदा मुख्य सडकमा चिह्न लगाउने काम भइरहेको बताए ।

धेरै जनशक्ति र उपकरण नचाहिने हुँदा यो समयमा आफूहरूले यस्तो कामलाई प्राथमिकतामा राखेको उनी बताउँछन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुरको हाकिम चोकदेखि नारायणगढको पुल्चाेकसम्म सडकमा चिह्न लगाउने र जेब्राक्रसको चिह्न प्रस्ट बनाउने काम भएको छ ।

सामान्य अवस्थामा सवारीसाधनको चाप बढी हुने भए पनि अहिले सडक खाली हुँदा काम गर्न सजिलो छ । लकडाउनका समयमा सडकचिह्न लगाउने कामका कारण सडक पनि चिटिक्क देखिएका छन् ।