१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख १७ बुधबार १८:४६:००
Read Time : < 1 मिनेट
समाचार

कतार र युएईले दिए स्वास्थ्य सामग्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख १७ बुधबार १८:४६:००

कतार र युएईले कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

कतारबाट नेपाललाई सहयोगस्वरूप २० टन स्वास्थ्य सामग्री प्राप्त भएको छ । बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

कतारले पिपिई सेट, पिसिआर टेस्ट किट, एन ९५ मास्क, भिटिएस, सिआरआरटी मेसिन, सर्जिकल मास्क, सर्जिकल ग्लोब्स र स्यानिटाइजरलगायत १४ प्रकारका स्वास्थ्य सामग्री उपलब्ध गराएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

बुधबार नै युएईले पनि नेपाल सरकारलाई काेरोना भाइरस संक्रमणका बिरामीलाई उपचार गर्न प्रयोग गरिने स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

युएईले करिब नाै टन स्वास्थ्य सामग्री नेपालाई उपलब्ध गराएको हो । युएईबाट इतिहादको वाइडबडी विमान चार्टर्ड गरी उक्त सामग्री नेपाल आइपुगेको हो ।