मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ माघ ११ शुक्रबार ११:०८:००
Read Time : < 1 मिनेट
साहित्य

रहेनन् साहित्यकार मोहनराज शर्मा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ११ शुक्रबार ११:०८:००

साहित्यकार प्रा. मोहनराज शर्माको ८१ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । उनको उपचारका क्रममा कलंकीस्थित नेसनल अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र अन्य रोगबाट पीडित थिए ।

शर्माको नाटक ‘वैकुण्ठ एक्सप्रेस’ले ०४२ सालको मदन पुरस्कार पाएको थियो । त्यस्तै ‘कोर्रा’ कथासंग्रहले ०४० सालको मैनाली कथा पुरस्कार पाएको थियो । उनका नाटक र कथाका साथै, समालोचना, कविता, उपन्यास, भाषाशास्त्रलगायत विषयमा पुस्तक प्रकाशित छन् । 

उनको जन्म विसं १९९४ कात्तिकमा काठमाडौंमा भएको थियो । उनका तीन छोराको यसअघि नै मृत्यु भइसकेको छ । कान्छा छोरा अस्ट्रेलियाबाट आएपछि दाहसंस्कार गरिने परिवारले जनाएको छ ।