मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ बैशाख १७ बुधबार १५:५६:००
Read Time : < 1 मिनेट
समाचार

सर्केगार्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतद्वारा वडाध्यक्षमाथि हातपात

Read Time : < 1 मिनेट
२०७७ बैशाख १७ बुधबार १५:५६:००

सर्केगार्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले सर्केगार्ड गाउँपालिका– ५ का वडाध्यक्ष कर्णजंग शाहीमाथि हातपात गरेका छन् । मंगलबार गाउँपालिकाको कार्यपालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले वडाध्यक्ष कर्णजंग शाहीमाथि हातपात गरेका हुन् । 

वडा नम्बर ५ का वडाध्यक्ष कर्णजंग शाहीले वैशाख ६ गते फेसबुकबाट सर्केगार्ड गाउँपालिकामा केही कर्मचारीहरू हिटलरको स्वरूपमा राजनीति गरिरहेका छन्, त्यसैले हाम्रो वडामा सबै कामहरू हुँदाहुँदै पनि बजेट फ्रिज हाल्ने प्रयास गर्दै छन् भन्ने स्टाटस लेखेका थिए । 

मंगलबार सर्केगार्ड गाउँपालिकाको  कार्यपालिकाको बैठकमा वडाध्यक्ष शाहीसहित पाँचवटा वडाका अध्यक्षले उद्धार राहत कोष, विपत् व्यवस्थापन कोष, विपन्नलक्षित कोष, भैपरी आउने खर्च पदाधिकारी बैठक भत्ता भम्रण खर्चलगायतका अन्य जानकारी दिनुपर्ने भन्दै माग पत्र पेस गरे । 

मागपत्र पेस गर्न क्रममा भनाभन भएपछि प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले  आफूमाथि हातपात गरेको बताए ।  प्रमुख प्रशासकीय अधिकृत शाही पनि आफूलाई अध्यक्ष कर्णजंग शाहीले पहिला हातपात गरेको दाबी गर्छन् ।  

यता सर्केगार्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीका अनुसार गत वर्ष वडा नम्बर ५ को वडा भवन निर्माणमा २४ लाखको स्टिमेट भएको थियो । आठ लाख श्रमदानमा निर्माण भएको बताए । 

वडाध्यक्षले मर्मत भन्दै रकम कमाउन खोजेको प्रमुख प्रशासकीय अधिकृतको आरोप छ ।  प्रमुख प्रशासकीय अधिकृत शाहीका अनुसार अध्यक्षसँग वडाका विषयमा कुरा हुँदै थियो त्यही बेलुका गएर फेसबुकमा स्टाटस लेखेको आक्रोश व्यक्त गरे । गाउँपालिका अध्यक्ष कृष्ण रोकायाका अनुसार एक हप्ता पहिलो वडाको भवनको विषयमा विवाद थियो ।