Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ बैशाख १७ बुधबार १२:५०:००
Read Time : < 1 मिनेट
समाचार

चिनी उद्योगमा कार्यरत भारतीय मजदुरलाई सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट फर्कायो

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ बैशाख १७ बुधबार १२:५०:००

कोरोना भाइरस (कोडिभ– १९) रोकथाम तथा नियन्त्रणका लागि नेपाल–भारत दुवै देशले लकडाउन गरेका बेला गएराति कञ्चनपुर पुनर्वास नगरपालिका– २ आइबिआरडीको भागेश्वर सुगर एण्ड केमिकल प्रालिमा कार्यरत मजदुर भाग्न लागेको अवस्थामा सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट फकाईदिएको छ । 

सशस्त्र प्रहरी निरीक्षक जगदीश विष्ट नेतृत्वको टोलीले भागेश्वरी चिनी उद्योगमा कार्यरत २९ जना भारतीय मजदुरलाई सीमा क्षेत्रबाट रोकेको हाे । ‘उद्योगबाट भारत पसिरहेका सबै भारतीय नागरिकलाई हामीले नियन्त्रणमा लिएका छौँ,’ सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले भने, ‘उनीहरूलाई नियन्त्रणमा लिएर पुनर्वास नगरपालिकाको समन्वयमा पुनः उद्योगमै राखिएको छ ।’

उनका अनुसार भारतका लखिमपुर, गोरखपुर, देवरिया, सीतामढी बिहार क्षेत्रका भारतीय नागरिक रहेका छन् । भारतीय मजदुरले काम सकिएपछि उद्योगमा बस्दा लामखुट्टेको टोकाइले समस्या भएपछि घर जान लागेको बताएका छन् । भागेश्वर सुगर एण्ड केमिकल प्रालिका व्यवस्थापक डम्बर खड्काले पिसाब फेर्ने बहानामा राति पछाडिबाट एक–एक गरेर भागेको बताए ।

उनले ७० जना भारतीय नागरिक भए पनि उनीहरूको भाग्ने मनसाय भएकै कारण पिसाब फेर्ने बहानामा भागेको बताए । ‘हामी हरेक साता लामखुट्टे नष्ट गर्नका लागि औषधि छर्किन्छौँ,’ उनले भने, ‘अब मजदुरका लागि मच्छरदानीको प्रबन्ध गर्छौं ।’ लकडाउन रहुन्जेल उद्योगले नै उनीहरूको रासनलगायतको प्रबन्ध गर्ने उनले बताए ।