मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ बैशाख १७ बुधबार १२:४१:००
Read Time : < 1 मिनेट
विश्व

बलिउड अभिनेता इरफान खानको निधन

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ बैशाख १७ बुधबार १२:४१:००

बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा उनको निधन भएको इन्डिया टुडेले जनाएको छ । 

स्वास्थ्यमा समस्या आएपछि मंगलबार उनलाई अस्पतालमा आइसियूमा राखिएको थियो । उनलाई कोलन इन्फेक्सन भएको थियो । मंगलबार अस्पतालले दिएकाे जानकारीअनुसार इरफानको छाती दुखेको कारण शारीरिक अवस्था अलि बिग्रेको थियो । साथै सास फेर्न पनि गाह्रो भइरहेको थियो । 

न्युरोएन्डोक्राइन ट्युमर  भएपछि गत वर्ष लन्डनमा उपचार गराएर फर्किएका उनी कोकिलाबेन अस्पतालको चिकित्सकसँग स्वास्थ्योपचार गराइरहेका थिए । सन् २०१८ को मार्चमा उनलाई ट्युमर भएको पत्ता लागेको थियो । ट्युमर भएको थाहा पाएपछि उनी उपचारका लागि लन्डन गएका थिए, त्यहाँ करिब एक वर्ष बसेर सन् २०१९ मा भारत फर्किएका थिए । 

हालै इरफानकी आमा सइदा बेगमको पनि निधन भएको थियो । लकडाउनका कारण आमाको अन्तिम यात्रामा उपस्थित हुन नसकेपछि उनले भिडियो कलमार्फत आमाप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

गत वर्ष उनले एउटै मात्र फिल्म ‘अंग्रेजी मिडियम’मा काम गरेका थिए । त्यतिवेला पनि उनको स्वास्थ्य अवस्था ठीक थिएन । इरफानले सलाम बम्बे, मदारी, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डे, पिकु, तलभार, अंग्रेजी मिडियमलगायत फिल्ममा अभिनय गरेका छन् ।