१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख १७ बुधबार ०९:४८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

स्वस्थ रहन आवश्यक छ भिटामिन ‘डी’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख १७ बुधबार ०९:४८:००

अहिले नेपालसँगै विश्वका अधिकांश देशमा कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिएको छ । महामारीको समयमा संक्रमणबाट बच्नु मात्र नभई अन्य कुनै पनि प्रकारका रोग लाग्न नदिएर स्वस्थ रहनु अर्को महत्वपूर्ण पक्ष हो, जसका लागि भिटामिन ‘डी’युक्त खाना उपयुक्त हुन्छ ।

 यसकारण आवश्यक 

- अहिलेको अवस्थामा शरीरलाई कुनै पनि प्रकारका रोगबाट बचाउन आवश्यक छ । शरीरलाई स्वस्थ राख्न ‘भिटामिन डी’युक्त खानेकुरा खान आवश्यक छ अन्डा, दही, दाल, माछाजस्ता खानामा भिटामिन ‘डी’ पाइन्छ । 

कोरोना भाइरसको महामारीबीच पनि शरीरलाई अन्य रोगबाट बचाउन भिटामिन डी’युक्त खानेकुरा खान आवश्यक छ । अन्डा, दही, दाल, माछा आदिमा भिटामिन ‘डी’ पाइन्छ । 

- भिटामिन ‘डी’ले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि नल्याए पनि हड्डी, दाँत तथा मांशपेसीको समस्या हुन नदिन मद्दत पु-याउँछ । यस प्रकारका समस्याबाट बच्नु शरीरलाई बाहिरी रोगसँग लड्न मद्दत मिल्नुसरह हो । भिटामिनयुक्त खानाले शरीरलाई स्वस्थ र मजबुत राख्न मद्दत गर्छ ।

 बिहानको घाम ‘प्रमुख स्रोत’

वैज्ञानिकहरूले ‘भिटामिन डी’ सजिलै प्राप्त गर्न बिहानको घाम ताप्नुपर्ने बताउँदै आएका छन् । यसर्थ, लकडाउनको समयमा पनि चाँडो उठ्न जरुरी छ । अल्छी गरेर ढिलोसम्म सुत्दा हाम्रो शरीरलाई चाहिने आवश्यक ‘भिटामिन डी’ पाउनबाट वञ्चित हुने दाबी उनीहरूको छ । 

कोरोनाविरुद्ध कति उपयोगी ? 

भिटामिन ‘डी’ले कोरोना लाग्नबाट जोगाउँछ भन्ने पुष्टि भएको छैन । यद्यपि, यसको प्रयोगले स्वस्थ रहन हामीलाई मद्दत पु-याउने वैज्ञानिकहरूको भनाइ छ ।