मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ बैशाख १६ मंगलबार ०६:३८:००
Read Time : < 1 मिनेट
अर्थ

सहज रूपमा तरकारी उपलब्ध गराउन भैरहवामा कृषि एम्बुलेन्स सेवा

Read Time : < 1 मिनेट
२०७७ बैशाख १६ मंगलबार ०६:३८:००

लकडाउनका कारण बजार नपाएका कृषकको उत्पादनले बजार नपाएको र उपभोक्ताले सामान नपाएको अवस्थाको अन्त्य गर्न भैरहवामा कृषि एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ । एम्बुलेन्स सेवामार्फत किसानको घरबाट तरकारी संकलन गरी भैरहवामा ल्याएर बिक्री गर्न सुरु गरिएको हो । 

प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा मंगलबारदेखि कृषि एम्बुलेन्स सुरु भएको हो । गाडी भाडा सहकारी मन्त्रालयले भुक्तानी गर्ने र तरकारी बिक्री गर्न खटिएका कर्मचारीको तलब सहकारीले भुक्तानी गर्ने गरी व्यवस्था मिलाइएको बताइएको छ ।

कृषि एम्बुलेन्सको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले उद्घाटन गरेकी हुन् । सेवा सुरु भएसँगै किसानले उत्पादन गरेको कृषिउपजको न्यायोचित मूल्य पाएको मन्त्री पौडेलले बताइन् । 

किसानको उत्पादन सहज रूपमा उपभोक्तामाझ पुगोस् भन्ने उद्देश्यले यो कार्यको थालनी गरेको उनले बताइन् । कृषकले उत्पादन गरेका तरकारी खेर गएको अवस्थामा कृषि मन्त्रालयसँग जनउत्थानले समन्वय गरेर कृषकले उपलब्ध गराउने मूल्यमा नै उपभोक्तालाई तरकारी वितरण गरिएको जनउत्थान सहकारी संस्थाकी अध्यक्ष ज्ञानु पौडेलले बताइन् ।