१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १५ सोमबार १८:५२:००
Read Time : < 1 मिनेट
अर्थ

स्यानिटाइज गरिएको फलफूल र तरकारी बिक्री गर्दै मुना कृषि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १५ सोमबार १८:५२:००

गैरआवासीय नेपाली संघ ‘एनआरएनए’द्वारा प्रवर्द्धधित मुना कृषि लिमिटेडले निर्मलीकरण (स्यानिटाइज) गरिएको तरकारी तथा फलफूल बिक्री थालेको छ ।

मुना कृषिका अध्यक्ष युवराज गुरुङले कोरोना भाइरस संक्रमणको जोखिम रहेका वेला उपभोक्तालाई ढुक्क बनाउन निर्मलीकरण गरिएको तरकारी तथा फलफूलको बिक्री थालिएको जानकारी दिए । बसुन्धरास्थित यति इभेन्ट्समा रहेको बिक्री केन्द्रबाट होम डेलिभरीको सुविधासमेत उपलब्ध गराइएको गुरुङले बताए ।

बिक्री केन्द्र तथा कार्यक्रमको औपचारिक सुरुवात भएको घोषणा गर्न आयोजित कार्यक्रममा बागमती प्रदेशका कृषिमन्त्री दावा दोर्जे लामाले कृषि उत्पादन बढाउनुका साथै बजारीकरणमा समेत प्रदेश सरकारले ध्यान दिएको बताए । मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले निर्मलीकरण गरिएको तरकारी र फलफूलको उपलब्ध धेरैभन्दा धेरै उपभोक्तासम्म पुऱ्याउन आग्रह गरे ।

सचिव कार्कीले बागमती प्रदेशमा उत्पादन वृद्धिका धेरै कार्यक्रम ल्याइएको भन्दै बाँझो जग्गामा खेती गर्नेलाई नगद अनुदान दिएर प्रोत्साहन गर्ने, रासायनिक मल तथा बिउमा अतिरिक्त अनुदान दिनेलगायतका कार्यक्रम ल्याइएको बताए ।

अध्यक्ष गुरुङका अनुसार अदुवा, आलु, काउली, काँक्रो, करेला, हरियो खुर्सानी, गोलभेंडा, गाँजर, घिरौँला, सुकेको प्याज, हरियो प्याज, बोडी, ब्राेकाउली, बन्दा, काउली, फर्सी, भिन्डी, भेन्टा, भेडे खुर्सानी, मुला, डल्ले च्याउ, घिउसिमीलगायत २७ प्रकारका तरकारी उपलब्ध गराइएको छ ।

त्यसैगरी ‘ए’ ग्रेडको फुजी स्याउ, केरा, हरियो र कालो अंगुर, भारतीय स्याउ पनि उपलब्ध गराइएको छ । मुना कृषिले एआरएनएसँगै बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र काठमाडौं महानगरपालिकासँगको सहकार्यमा अभियान सुरु गरेको हो ।