मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ बैशाख १५ सोमबार १८:४०:००
Read Time : < 1 मिनेट
समाचार

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ बैशाख १५ सोमबार १८:४०:००

ताप्लेजुङको सिरिजंघा गाउँपालिका– २ आम्बेगुदिनको नासपातेमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । 

दैनिक उपभोग्य सामग्री सिरिजंघाको खाम्दिने लैजाँदै गर्दा ०१–०–००१ त ८२४८ नम्बरको ट्याक्टर दुर्घटनामा परी चालक निर्मल लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पाँचथरको हिलिहाङ गाउँपालिका– का २३ वर्षीय चालक लामिछानेको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनामा सहचालक सिरिजंघा २ का रुद्र पौडेल गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी प्रमुख ज्ञानेन्द्रप्रसाद फुँयालले घटनास्थलमा प्रहरी परिचालन भएको तथा अनुसन्धान भइरहेको बताए ।