मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७७ बैशाख १५ सोमबार १५:०६:००
Read Time : < 1 मिनेट
समाचार

राहतमा पक्षपात गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी

Read Time : < 1 मिनेट
२०७७ बैशाख १५ सोमबार १५:०६:००

राहत वितरणमा पक्षपात भएको भन्दै केआइसिंह गाउँपालिका– ६ भूमिराजमाडौंको वडा कार्यालयमा तालाबन्दी गरिएको छ । सरकारले दैनिक ज्यालादारी गर्ने तथा विपन्न परिवारलाई राहत वितरण गर्नु भने पनि भूमिराजमाडौंमा पक्षपातपूर्ण व्यवहार गरेर आफन्त र हुनेखानेलाई वितरण गरेका कारण तालाबन्दी गरेको स्थानीय यकेन्द्र भट्टले बताए ।  

वडाध्यक्ष दीपबहादुर बलायरले आफूलाई भोट नदिएका आधारमा विपन्न परिवारलाई राहत पाउनेको सूचीमा नाम समावेश नभएका कारण तालाबन्दी गरेको भट्टले आरोप लगाएका छन् । विपन्न परिवारलाई राहत नदिएसम्म तालाबन्दी नखोल्ने भट्टले बताए ।  

तालाबन्दीको सन्दर्भमा वडाध्यक्ष दीपबहादुर बलायरसँग टेलिफोनमा कुरा गर्ने प्रयास गर्दा उहाँको फोन अफ भएकाले कुरा हुन सकेन । राहत पाउनैपर्ने व्यक्ति छुटेको भएमा तत्काल नाम समावेश गरेर राहत दिने विषयमा गाउँपालिका स्पष्ट रहेको केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बताए ।

शाहीले भने, ‘छोटो समयमा नाम संकलन गर्दा छुटेको भए हामी सच्याउन तयार छौँ, मैले त्यो कुरा राहत वितरण कार्यक्रममा समेत भनेको छु ।’ घटनाका विषयमा जानकारी नभएकाले के भएको हो भनेर बुझ्नका लागि त्यहाँ टोली पठाएको  अध्यक्ष शाहीले  बताए ।