मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ बैशाख १५ सोमबार १४:२८:००
Read Time : < 1 मिनेट
विश्व

कोरोना संक्रमण नियन्त्रणमा आएको न्युजिल्यान्डको दाबी 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ बैशाख १५ सोमबार १४:२८:००

न्युजिल्यान्ड सरकारले समुदायमा हुने संक्रमण (कम्युनिटी ट्रान्समिसन) नियन्त्रणमा आएको दाबी गरेको छ । 

पछिल्ला केही दिनमा त्यहाँ एक–दुईजनामा मात्र भाइरसको संक्रमण भेटिएको थियो र आइतबार एकजनामा मात्र संक्रमण भएको पुष्टि भएपछि प्रधानमन्त्री जसिन्डा अर्डनले भाइरसविरुद्धको युद्ध जितेको बताएकी हुन् । 

न्युजिल्यान्डमा लगाइएका कडा सामाजिक प्रतिबन्ध हटाउनुभन्दा केही घन्टाअघि प्रधानमन्त्रीले कोरोना भाइरसको संक्रमण हटेको घोषणा गरेकी थिइन् । 

तर, विज्ञहरूले अहिले नै भाइरस नियन्त्रणमा आएको भनेर उत्साहित नहुन भनेका छन् । उनीहरूले भाइरसको जोखिम पूर्ण रूपमा अन्त्य भइसकेको नसम्झिन र सामाजिक दूरी कायम गरिराख्न पनि आग्रह गरेका छन् । 

मंगलबारदेखि त्यहाँ केही व्यवसाय, हेल्थकेयर र शैक्षिक गतिविधि सुरु हुनेछन् । प्रधानमन्त्री अर्डनले दैनिक प्रेस ब्रिफिङमा भनेकी छिन्, ‘हामी अर्थव्यवस्था खोल्दै छौँ, तर सर्वसाधारणको सामाजिक जीवनमा लगाइएका प्रतिबन्धलाई पूर्ण अन्त्य गर्दैनौँ ।’

न्युजिल्यान्डमा मानिसहरू अब दुई मिटरको दूरीमा सानो समूहमा भेला हुन पाउनेछन्, व्यापारिक मलहरू अझै खोलिनेछैन, धेरै विद्यालय बन्द नै रहनेछन् र देशको सीमा कहिले खोल्ने भनेर बताइएको छैन । 

न्युजिल्यान्डले भाइरसको नियन्त्रण गर्न यातायातमा कडा प्रतिबन्ध लगाएको थियो । भाइरस फैलिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दैै धेरै अगाडि देशको सीमा बन्द गऱ्यो, त्यहाँ जाने सबै मानिसलाई क्वारेन्टाइनमा राखिएको थियो । साथै संक्रमण परीक्षण र ट्रेसिङलाई व्यापक बनाइएको थियो । त्यति नगरेको भए देशमा दैनिक एक हजार नयाँ सङ्क्रमणको अवस्था आइपर्ने थियो अर्डनले भनेकी छिन्।

न्युजिल्यान्डमा अहिलेसम्म एक हजार पाँच सय मानिस संक्रमित भएका छन् भने १९ जनाको ज्यान गएको छ ।