मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ बैशाख १५ सोमबार १३:३५:००
Read Time : < 1 मिनेट
समाचार

कांग्रेस नेता सिटौलाले छोराको विवाह खर्च कोरोना कोषलाई दिए

Read Time : < 1 मिनेट
२०७७ बैशाख १५ सोमबार १३:३५:००

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्नो छोराको विवाहखर्च कोरोना उपचार कोषमा जम्मा गरेका छन् । नेता सिटौलाले छोरा श्यामप्रसादको विवाहकाे खर्च कटाएर पाँच लाख रुपैयाँ विभिन्न स्थानीय तहको कोरोना राहत कोषमा जम्मा गरेका हुन् । 

सिटौलाको निर्वाचन क्षेत्रअन्तर्गत भद्रपुर नगरपालिका, कचनकवल, हल्दिबारी र बाह्रदशी गाउँपालिकाको राहत कोषमा एक–एक लाख रुपैयाँ सोमबार जम्मा गरेका छन् । यस्तै, उनको घर भएको भद्रपुर– १० का लागि ५० हजार र पुर्ख्यौली खेती भएको बिर्तामोड– १० लाई ५० हजार दिएको सिटौलाका स्वकीय सचिव किरण सिटौलाले जानकारी दिए । 

राहत कोषमा जम्मा गर्दा गरिबले नै पाउँछन् भन्ने उद्देश्यले स्थानीय तहलाई सहयोग गरिएको किरणले बताए । सिटौलाका छोरा श्यामप्रसादको विवाह आइतबार बिर्तामोडनिवासी मनीषा विमलीसँग भएको थियो । विवाह  सामाजिक दूरी कायम गरेर परिवारका सदस्य मात्र सहभागी भएर गरिएको थियो ।