Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ बैशाख १५ सोमबार ११:३६:००
Read Time : < 1 मिनेट
समाचार

नेविसंघका पूर्वमहामन्त्री काफ्लेद्वारा विवाहखर्चबापतकाे दुई लाख कोभिड– १९ प्रधानमन्त्री राहत कोषमा जम्मा

Read Time : < 1 मिनेट
२०७७ बैशाख १५ सोमबार ११:३६:००

नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले आफ्नो विवाहखर्चबापतको रकम ‘कोभिड–१९ प्रधानमन्त्री राहत कोष’मा जम्मा गरेका छन् । 

सोमबार स्वास्थ्य मन्त्रालय पुगेर पूर्वमहामन्त्री काफ्लेले आफ्नो विवाहखर्च कटाएर ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा दुई लाख रुपैयाँ जम्मा गरेका हुन् । मन्त्रालय पुगेर रकम स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेको उनले बताए । 

विश्वमहामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव नेपालमा पनि छ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्न दलका सांसदहरूले राहत कोषमा रकम जम्मा गरेका छन् । निजी क्षेत्रका व्यवसायी र अन्य नागरिकले पनि व्यक्तिगत रूपमा कोषमा सहयोग रकम जम्मा गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म ५२ जनामा संक्रमण देखिएको छ । १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । एक सय १० जना आइसोलेसनमा रहेका छन् ।