मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ बैशाख १५ सोमबार १०:१९:००
Read Time : < 1 मिनेट
समाचार

चुरे वनबाट बस्तीमा पसेको चित्तलको उद्धार

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ बैशाख १५ सोमबार १०:१९:००

कोरोना भाइरसका कारण लकडाउनका वेला चुरे वनबाट बस्तीमा पसेको एक वन्यजन्तु (चित्तल) को उद्धार गरिएको छ । आइतबार भीमदत्त नगरपालिका– ३ नयाँ तिलकपुर चुरे फेदको बस्तीबाट वन्यजन्तु चित्तलको उद्धार गरिएको हो । 

चुरे वनबाट गाउँमा आएको कुकुरले लखेटेर घाइते बनाएको चित्तललाई सागर विष्ट, लोकेन्द्र विष्टसहितका स्थानीयले उद्धार गरेर वनको टोलीलाई बुझाएका हुन् । वनबाट कुकुरले लखेट्दै गाउँमा पुऱ्याएको चित्तलको सहिद सामुदायिक वनका अध्यक्ष कर्ण विष्ट, भीनपा– ३ का वडाध्यक्ष रामप्रसाद जप्रेलसहितको राेहवरमा वन्यजन्तु उद्धार गरेर डिभिजन वन कार्यालय कञ्चनपुरलाई बुझाइएको छ । 

वडाध्यक्ष जप्रेलले वनबाट गाउँमा आएको चित्तलको स्थानीयबाट उद्धार गरेर सम्बन्धित निकायलाई बुझाइएको बताए । उनले वडामा पहिलो घटना भएकाले उद्धारमा संलग्नलाई वडा कार्यालयबाट पुरस्कार दिइने बताएका छन् । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजयकुमार मानन्धरले घाइते चित्तलको उपचार गरेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको बताए ।

लकडाउनका वेला कतै केही स्थानमा काठ तस्करदेखि सिकार गरे पनि नयाँ  तिलकपुरका स्थानीयले उद्धार गरेर वनलाई बुझाएको भन्दै डिभिजन वन कार्यालय कञ्चनपुरले स्थानीयप्रति आभार प्रकट गरेकाे छ । डिभिजन वन कार्यालय कञ्चनपुरले वन, वन्यजन्तुलाई संरक्षण गर्न स्थानीयको भूमिका अहं हुने जनाएको छ ।