मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७७ बैशाख १४ आइतबार २०:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

माधव नेपालले गरे आफूनिकट नेतासँग छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौँ
२०७७ बैशाख १४ आइतबार २०:५७:००

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट स्थायी कमिटीका सदस्यसँग छलफल गरेका छन् । ४४ सदस्यीय स्थायी कमिटीमा नेपाल समूहमा १३ नेता छन् ।

आइतबार नेता नेपालले आफ्नै निवासमा स्थायी कमिटी सदस्यहरूसँग सामूहिक छलफल गरेको एक नेताले बताए । उनका अनुसार छलफलमा नेता नेपालले पछिल्लो राजनीतिक घटनाक्रमबारे सदस्यहरूलाई ब्रिफिङ गरेका थिए । पार्टी बैठक बस्ने र विधि–पद्धतिमा पार्टी चलाउने अहिलेको आवश्यकता रहेको नेता नेपालको भनाइ थियो । 

पार्टीको आन्तरिक विवाद बढिरहेको वेला नेता नेपालले आफ्नो समूहमा परामर्श गरेका हुन् । छलफलमा नेताहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबैतिरबाट स्वीकार्य व्यक्ति भएको भन्दै नेता नेपाललाई राजनीतिक पहल लिन सुझाब दिएका थिए । स्थायी कमिटीका २० सदस्यले बैठक बोलाउन माग गरेको र नेकपाभित्र मतभेद चर्कँदै आएको वेला नेता नेपालले छलफल गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पार्टीभित्र विधि र पद्धति पालना नभएको भन्दै नेता नेपालले लगातार असन्तुष्टि र फरक मत राख्दै आएका छन् ।