१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७७ बैशाख १४ आइतबार १७:२१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

थप चारजना कोरोना संक्रमित निको भएर घर फर्किए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौँ
२०७७ बैशाख १४ आइतबार १७:२१:००

थप चारजना कोरोना संक्रमित निको भएर आइतबार घर फर्किएका छन् । नारायणी अस्पताल वीरगन्जमा उपचाररत रौतहटका १८ वर्षीय पुरुष १२औँ दिन र तीनजना भारतीय नागरिक (पुरुष) १५ दिनमा डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । भारतीय नागरिक छपकैयाको मक्की जामे मस्जिदमा बस्दै आएका थिए । योसँगै निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ ।

सरकारले प्रदेश २ मा परीक्षणको दायरा थप बढाएको मन्त्रालयले जनाएको छ । प्रदेशका आठवटै जिल्लामा परीक्षणका लागि एक हजार २७ वटा नमुना संकलन भएका छन् । संकलित नमुनाको परीक्षण जारी रहेको प्रवक्ता देवकोटाले बताए । 

सबैभन्दा बढी संक्रमित देखिएको प्रदेश १ को उदयपुरबाट पछिल्लोपटक तीन सय ३७ जनाको नमुना संकलन मन्त्रालयले बताएको छ । 

आइतबारसम्म ५१ हजार तीन सय ६७ वटा नमुना परीक्षण भएका छन् । जसमा पिसिआर विधिबाट नाै हजार नाै सय ३१ र आरडिटी विधिबाट ४१ हजार चार सय ३६ वटा नमुना परीक्षण भएका छन् । पछिल्लो २४ घन्टामा दुवै विधिबाट दुई हजार ९६ वटा परीक्षण भएका छन् । आइतबार थप दुईजनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संंख्या ५१ पुगेको छ ।