मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १३ शनिबार १७:४५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

घरघरमै नमाज पाठ (फोटो फिचरसहित) 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १३ शनिबार १७:४५:००

आज शनिबारबाट मुस्लिमहरूको मुख्य पर्व रमजान सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुस्लिम समुदाय बिहान सूर्योदयदेखि सूर्यास्तअघिसम्म निराहार बसेर नमाज पढ्ने गर्छन् । रमजानको महिनामा मुस्लिम पवित्र ग्रन्थ कुरान अवतरण भएको मानिन्छ । त्यसैले मस्जिदहरूमा नमाज बढ्नेको घुइँचो लाग्ने गर्छ । तर, यस वर्ष विश्वभर नै महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) संक्रमणले सबैलाई घरभित्रै ‘लक’ गरिदिएको छ । त्यसैले मुस्लिम समुदायले पनि घर–घरमै बसेर नमाज पढिरहेका छन् । नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगानाको क्यामेरामा कैद तस्बिर :