Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान
२०७७ बैशाख १३ शनिबार १५:०४:००
Read Time : < 1 मिनेट
समाचार

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खटिएका सात प्रहरी हाेम क्वारेन्टाइनमा

Read Time : < 1 मिनेट
२०७७ बैशाख १३ शनिबार १५:०४:००

बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान हातामा रहेको अस्थायी प्रहरी बिटमा खटिएका सातजना प्रहरीलाई शुक्रबारदेखि होम क्यारेन्टाइनमा राखिएको छ । उदयपुरबाट स्वाबका लागि ल्याइएका आठजना र टाँडीबाट आएका तीनजनासँग प्रत्यक्ष सम्पर्कमा रहेका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो । 

टाँडीबाट ल्याइएका तीनजनालाई ७ वैशाखदेखि १० गतेसम्म राखिएको थियो । उदयपुरबाट ल्याइएकाहरूले खान नपाएको र स्वाब लिन धेरैबेर लगाएको भनेर विवाद गर्दा प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । त्यसरी प्रत्यक्ष सम्पर्कमा रहेका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो । केही नर्स तथा चिकित्सकहरूलाईसमेत क्वारेन्टाइनमा राखिएको छ ।  

टाँडीबाट आएकाहरूलाई प्रतिष्ठानमा चार दिनसम्म राखिएकाले त्यहाँ खट्ने प्रहरीलाई होम क्वारेन्टाइनमा राखिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । 

‘चिकित्सकहरूको सल्लाहअनुसार अस्पतालम खटिएका सातैजनालाई क्वारेन्टाइनमा राखिएको छ । नयाँ सुरक्षा विधि अपनाएर अर्काे टोली परिचालन गरेका छौँ,’ न्यौपानेले भने ।