Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अमुल थापा काठमाडाैं
दिपेन्द्र ढुंगाना काठमाडाैं
२०७७ बैशाख १३ शनिबार ०९:३८:००
Read Time : > 1 मिनेट
मल्टिमिडिया

डरका बाबजुद अग्रपङ्तिका सिपाही मैदानमा (फोटोफिचर)

Read Time : > 1 मिनेट
अमुल थापा काठमाडाैं
दिपेन्द्र ढुंगाना काठमाडाैं
२०७७ बैशाख १३ शनिबार ०९:३८:००

कोरोना नियन्त्रण तथा रोकथामका  लागि नेपाल सरकारले लगाएको लकडाउनमा पनि आफ्नो स्वास्थ्यलाई जोमिखमा राखेर अग्रपङ्तिका सिपाही मैदानमा खटिएर काम गरिरहेका छन् । ‘लकडाउनमा पनि स्वास्थ्यकर्मीलाई औषधि बिक्री–वितरण गर्न भ्याइनभ्याई छ,’ कपनस्थित आराम मेडिकल हलका सञ्चालक सुनिल केसी भन्छन्, ‘जोखिम छ तर के गर्ने अतिआवश्यक औषधि त सार्वसाधारणलाई उपलब्ध गराउनैपर्‍याे  ।’ उनी आफूलाई सुरक्षित राख्न पिपिई लगाएर काममा खटिएका छन् । 

सबैभन्दा जोखिममा रहेको अस्पताल क्षेत्रमा पनि विभिन्न सावधानी अपनाइएको पाइन्छ । कतै डिसइन्फेक्सन बुथ राखिएको छ भने कतै ज्वरो चेक जाँच गरेर मात्रै बिरामीलाई अस्पतालमा प्रवेश दिने गरिएको छ । चेक जाँच गर्दा कसैलाई ज्वरो आएको पाइएमा बिरामीलाई आइसोलेसनमा राखेर उपचार गरिन्छ ।

भक्तपुरमा रहेको कोरियन अस्पतालको आइसोलेसन वार्डमा कार्यरत नर्स ईश्वरी दाहाल पिपिई लगाएर वार्डमा रहेका सामग्रीहरु  मिलाउन व्यस्त थिइन् ।  हरेक वर्ष भक्तपुरमा मनाइने बिस्केट जात्रामा जिब्रो छेड्दै आएका बुद्धकृष्ण बाग यतिवेला भने एम्बुलेन्समा बिरामी ओसारपसार गर्नमा व्यस्त छन् । 

सुरक्षामा खटिएका सुरक्षाकर्मी जोखिमको बाबजुद पनि आफ्नो कर्ममा तल्लीन छन् । उनीहरू लकडाउन उल्लंघन गर्नेलाई विभिन्न उपकरण प्रयोग गरी नियन्त्रणमा लिई सम्झाइबुझाई गर्दै आएका छन् । यसैगरी सूचना प्रवाह गर्न खटिएका पत्रकारहरू पनि जोखिम मोलेरै आफ्नो क्षेत्रमा खटिएका छन् ।