१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ बैशाख १२ शुक्रबार १९:३४:००
Read Time : < 1 मिनेट
समाचार

काठमाडौंमा अलपत्र परेका एक सय ५६ जना नागरिक धरानले घर फर्कायो 

Read Time : < 1 मिनेट
२०७७ बैशाख १२ शुक्रबार १९:३४:००

काठमाडौंमा अलपत्र परेका आफ्ना नागरिकलाई धरान उपमहानगरपालिकाले धरान ल्याएको छ । शुक्रबार चारवटा रात्रिबसबाट एक सय ५६ जनालाई धरान ल्याइएको हो ।

लकडाउन बढ्न सक्ने भएकोले विविध कारणले काठमाडौंमा रोकिएका नगरवासीलाई फिर्ता ल्याउनुपर्ने दबाब भएपछि सांसद, प्रशासनसँग छलफल गरेर धरान ल्याइएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिए ।

धरानको प्रवेश नाका तिनकुनेमा गाडीलाई रिसिभ गरेर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएर आवश्यक जाँच गरिएको छ । काठमाडौंबाहिरबाट आएको भए क्वारेन्टाइनमा र परीक्षण गरेर ठीक छ भने होम क्वारेन्टाइनमा पठाउने गरिएको १७ नं. वडाका वडाध्यक्ष मनोज भट्टराई (सूर्य)ले जानकारी दिए । भट्टराईको संयोजकत्वमा काठमाडौंबाट धरानेहरूलाई ल्याउन समन्वय समिति बनाइएको थियो ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्थ डेक्समा स्क्रिनिङ गरेर, फारम भर्न लगाएर मात्र घर पठाउने गरिएको भट्टराईले जानकारी दिए ।