१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
काठमाडौं नयाँ पत्रिका
२०७७ बैशाख १२ शुक्रबार ०६:०४:००
Read Time : < 1 मिनेट
अर्थ

सनराइजका ग्राहकलाई नेपमेड्स र काठमाडौं अर्गानिकमा छुट 

Read Time : < 1 मिनेट
काठमाडौं नयाँ पत्रिका
२०७७ बैशाख १२ शुक्रबार ०६:०४:००

सनराइज बैंकले लकडाउनको अवस्थामा ग्राहकहरूलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट उपलब्ध गराउने उद्देश्यले विभिन्न संस्थासँग सहकार्य गरेको छ । 

ग्राहकको स्वास्थ्यलाई मध्यनजर गर्दै बैंकले औषधि डेलिभरी गर्दै आउको नेपमेड्स प्रालि र अर्गानिक खाद्यान्न डेलिभरी गर्दै आएको काठमाडौं अर्गानिकसँग सहमति गरी छुट उपलब्ध गराउने भएको हो । 

सहमतिअनुसार सनराइज बैंकको डेबिट–क्रेडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी सामान खरिद गर्दा ग्राहकले १० प्रतिशत वा ५ सय रुपैयाँसम्म छुट पाउनेछन् । छुट योजना लकडाउन अवधिभर नै रहने बैंकले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण देशभर भइरहेको लकडाउनले खाद्यान्न तथा औषधिजस्ता अतिआवश्यक सामान खरिद गर्न अप्ठ्यारो भइरहेको वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सम्झौता गरिएको बैंकले जनाएको छ ।