१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
टोपलाल अर्याल गुल्मी
२०७७ बैशाख ११ बिहीबार २०:१७:००
Read Time : < 1 मिनेट
समाचार

क्वारेन्टाइनमै मदिरा सेवन गरेर श्रीमती कुटपिट

Read Time : < 1 मिनेट
टोपलाल अर्याल गुल्मी
२०७७ बैशाख ११ बिहीबार २०:१७:००

इस्मा गाउँपालिका– ६, अमरपुरका गोपाल गिरीले क्वारेन्टाइनमै मदिरा सेवन गरेर श्रीमतीलाई कुटपिट गरेका छन् ।

आफूसँगै क्वारेन्टाइनमा बसेकी श्रीमतीलाई कुटपिट गर्ने गिरी र मदिरा बिक्री गर्ने दुवैजनालाई कारबाही प्रक्रिया सुरु गरिएको गाउँपालिका उपप्रमुख विमला खत्रीले बताइन् । क्वारेन्टाइननजिकै पसल सञ्चालन गरेका इस्मा गाउँपालिका– २ की तारा खत्रीले क्वारेन्टाइनमा लगेर मदिरा दिएको उनको भनाइ छ ।

विपतकाे वेलामा पनि मदिरा सेवन गरेर सानो बच्चासहित आफूलाई कुटपिट गरेर तनाव दिएको पुष्पाले गुनासो गरिन् । इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले मदिरा बेच्ने व्यक्तिलाई गाउँपालिकाको नियमानुसार पाँच हजार जरिवाना गरिएको बताए ।

मदिरा सेवन गर्नेलाई अहिले सम्झाइबुझाई गरिएको र क्वारेन्टाइनबाट छुटेपछि थप कारबाही गरिने चौकी इन्चार्ज अधिकारीले जानकारी दिए । भारतबाट आएको आशंकामा उनीहरूलाई १ वैशाखदेखि इस्मा गाउँपालिका– २ को पालुखा मावि क्वारेन्टाइनमा राखिएको छ ।